Global TV Logo
लोड हुँदैछ...

आज केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

B
Binita Thapa
२०२६-०५-१०, ०३:४२ AM
होमपेज/समाचार
आज केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

 बैशाख २७ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हिमपातको सम्भावना छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com