Global TV Logo
लोड हुँदैछ...

हर्क सम्पाङमाथि ट्राफिक नियम उल्लंघनमा कारवाही

B
Binita Thapa
२०२६-०६-०६, ०७:०३ AM
होमपेज/समाचार
हर्क सम्पाङमाथि ट्राफिक नियम उल्लंघनमा कारवाही

जेठ २३ - ट्राफिक नियम उलङ्घन गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ कारवाहीमा पर्ने भएका छन् । 

नेपाल प्रहरीले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक नियम उलङ्घन गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ कारवाहीको दायरामा आउने बताएका छन् । गिरीले अध्यक्ष साम्पाङले ट्राफिक नियम उलङ्घन गरेको भिडियोले प्रमाण दिएकाले कारवाहीको दायरामा आउने बताए ।

उनले भने, ‘भिडियो हेर्दा उहाँले ट्राफिक नियम उलङ्घन गरेको प्रस्ट देखिन्छ । सर्वसाधारणलाई कानुन लाग्ने उहाँलाई नलाग्ने भन्ने हुँदैन ।’ 

दुई दिन अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका थिए । साम्पाङले उदयपुरबाट आउँदा दुर्घटनामा परेको र सामान्य चोट लागेको बताएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले आफैँ भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुर्घटनाको बारेमा जानकारी गराएका छन् ।

उनले आफ्नै पेजमा पोस्ट गरेको भिडियोमा उनी एक हातले मोटरसाइकल चलाउँदै गरेका देखिन्छन् भने अर्को हातले मोबाइलमा भिडियो खिचेको देखिन्छ । उनले हेल्मेट समेत लाएका छैनन् । उनले सोही भिडियोमा आफू लडेर घाइते भएको देखाएका छन् । भिडियोमा हातमा चोट लागेको देखिन्छ ।

सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com