Global TV Logo
लोड हुँदैछ...

भारत प्रस्थान गरे परराष्ट्रमन्त्री खनाल, जयशंकरसँग भेटवार्ता हुने

S
Sristi Thakuri
२०२६-०६-०५, ०८:२४ AM
होमपेज/राजनीति
भारत प्रस्थान गरे परराष्ट्रमन्त्री खनाल, जयशंकरसँग भेटवार्ता हुने

परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन्। उनी तीनदिने औपचारिक भ्रमणका लागि भारत गएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले रास्वपा नेतृत्वको सरकार गठनपछि भएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै नेपालका प्राथमिकता र आपसी हितका विषयमा महत्वपूर्ण छलफल हुने बताए।

भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नेछन्। भेटमा व्यापार, लगानी, ऊर्जा, पूर्वाधार विकास, कनेक्टिभिटी तथा दुई देशबीचको जनस्तरको सम्बन्धलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको निरन्तरताका रूपमा रहेको यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com