भोटेकोशीमा भीषण बाढीपछि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन
B
Binita Thapa२०२६-०८-२६, ०४:५९ AM

१० भदौ - भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको थियो । तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ । बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ । रसुवा र नुवाकोटको सीमामा रहेको एक बजारसमेत बाढीले बगाएको बताइएको छ ।
बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



