कृष्णभीर पहिरोपछि काठमाडौं पठाइयो ५३ हजार बढी एलपी ग्यास सिलिन्डर

काठमाडौं ,भदौ २५ - कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजारबढी एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट ५३ हजार ४ सय ६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको हो । नेपाल ग्यास उद्योग नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको छ । जसमध्ये एचपी एक हजार २ सय १३ सिलिन्डर, नेपाल ग्यास एक हजार ६ सय ७८ सिलिन्डर, गीता १ सय ४० सिलिन्डर र सागर एक हजार ५ सय १२ सिलिन्डर छन् । यस्तै, नोबेल ग्यास उद्योग धनुषाबाट सागर उद्योगका पाँच हजार ६ सय १८ सिलिन्डर भरी काठमाडौँ पठाइको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । सुपर ग्यास उद्योग पर्साबाट हिमाल कम्पनीको ६ सय ६३ सिलिन्डर, मनोज ग्यास उद्योग पर्साबाट उग्रचण्डी र मेट्रो एसटिसी गरी एक हजार ३७ सिलिन्डर, सहारा ग्यास उद्योग मकवानपुरबाट एभरेष्ट र सुगम गरी सात हजार ८७७ सिलिन्डर राजधानी पठाइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



