Global TV Logo
लोड हुँदैछ...

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिपछि राष्ट्रिय सभा अवरुद्ध, प्रतिपक्षको तीव्र विरोध

S
Sristi Thakuri
२०२६-०६-०१, ०८:२२ AM
होमपेज/समाचार
प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिपछि राष्ट्रिय सभा अवरुद्ध, प्रतिपक्षको तीव्र विरोध

प्रधानमन्त्री बालेन्द्र शाहले आइतवार प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ।

आईतबारको प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र होइन, नेपालले पनि भारतीय भूमि मिचेको भन्दै वार्तामार्फत समाधान गर्नुपर्ने धारणा राखेका थिए । उक्त भनाइपछि राजनीतिक वृत्तमा व्यापक बहस सुरु भएको छ।सोमबार राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध जनाएका छन्। बैठक सञ्चालनका क्रममा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यसूची अघि बढाउन खोज्दा प्रतिपक्ष सांसदहरू उभिएर विरोधमा उत्रिएका थिए।प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै त्यसो नभएसम्म सदन अवरुद्ध गरिरहने चेतावनी दिएका छन्।प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलका नेताहरू तथा केही बुद्धिजीवीहरूले समेत आपत्ति जनाउँदै आलोचना गरेका छन्। विवादका कारण राष्ट्रिय सभा बैठक अवरुद्ध भएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com