Global TV Logo
लोड हुँदैछ...

अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा

S
Sristi Thakuri
२०२६-०६-१७, ०५:५२ AM
होमपेज/विशेष समाचार
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा

काठमाडौँ, असार ३ - अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ । 

अमेरिका र इरानबिच भएको शान्ति सम्झौतापछि स्ट्रटे अफ हर्मुज पुनः सञ्चालनमा आउने अपेक्षाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको हो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य ४ प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ । तीन महिनायता ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल झरेको हो । यस्तै,अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य ४ दशमलव ५ प्रतिशतले घटेर प्रतिव्यारेल ७७ दशमलव १६ डलरमा कायम भएको छ । 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा शुक्रबार अमेरिका र इरानबिच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुल्ने बताएका छन् । फेब्रुअरी १८ मा अमेरिका र इजरायलले आक्रमण गरेपछि प्रतिक्रिया स्वरूप इरानले उक्त महत्वपूर्ण जलमार्गमा ट्याङ्कर आवतजावत अवरुद्ध गरेको थियो । 

यसले विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा दबाब सिर्जना गर्दै कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो । विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने स्ट्रेट अफ हर्मुज पुनःखुल्ने सम्भावनाले बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएको र त्यसकै प्रभावस्वरूप तेलको मूल्य घटेको विश्लेषकको भनाइ छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com