Global TV Logo
लोड हुँदैछ...

भारत भ्रमणपछि खनालको चीन यात्रा, वाङ यीसँग भेटवार्ता हुने

B
Binita Thapa
२०२६-०६-०८, ०४:५८ AM
होमपेज/समाचार
भारत भ्रमणपछि खनालको चीन यात्रा, वाङ यीसँग भेटवार्ता हुने

काठमाडौँ, २५ - परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । 

भारत भ्रमण सकेर आईतबार स्वदेश फर्किएका मन्त्री खनालको चीन भ्रमण तय भएको हो । परराष्ट्रमन्त्री खनाल जुन १४ तारिख अर्थात यही जेठ ३१ गते चीन प्रस्थान गर्ने छन् ।  १५ र १६ तारिखमा औपचारिक भेटघाट कार्यक्रम हुनेछ । त्यसक्रममा परराष्ट्रमन्त्री खनालले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम तय भएको छ ।

 भ्रमणका क्रममा उनले नेपाली डायस्पोरासँग अन्तक्र्रिया पनि गर्नेछन् । उनी १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ । मन्त्री खनालको भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारत भ्रमणको विषयमा केन्द्रित हुँदा चीन भ्रमणको तयारीबारे छलफल गर्न नपाएको बताएका छन् ।

 चिनियाँ पक्षसंग सम्पर्कमै रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् । परराष्ट्रमन्त्री खनाल जेठ २२ गते भारत भ्रमणमा गएर २४ गते काठमाडौं फर्किएका थिए । भारत बसाइको क्रममा उनले समकक्षी एस जयशंकर, सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए । खासगरी नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा खनालले स्पष्ट रुपमा आफ्ना अडान दोहो¥याएका थिए । चीन भ्रमणको क्रममा पनि सीमा विवादको विषयले प्रवेश पाउनसक्ने बताइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
भारत भ्रमणपछि खनालको चीन यात्रा, वाङ यीसँग भेटवार्ता हुने | Global TV Khabar