‘एक्सप्रेस’ सरकारका चालकप्रति आलेमगरको सांकेतिक प्रश्न

काठमाडौं , साउन २७ - राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारको कार्यशैलीप्रति सांकेतिक प्रश्न उठाएका छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले तीव्र गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी छिटो गन्तव्यमा पुग्ने भए पनि चालक दक्ष, सचेत र अनुशासित हुनुपर्ने बताए।‘एक्सप्रेस’ गाडीका चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको अवस्थामा दुर्घटना निश्चित हुने उदाहरण दिँदै उनले गति मात्र पर्याप्त नहुने धारणा राखे।प्रधानमन्त्री साहले चितवनमा पार्टीको पहिलो महाधिवेशनका क्रममा वर्तमान सरकार ‘एक्सप्रेस वे’मा रहेको बताउनुभएको सन्दर्भतर्फ संकेत गर्दै आलेमगरले सरकारको गति र त्यसलाई अघि बढाउने ‘चालक’ दुवैप्रति ध्यान दिनुपर्ने बताए।
उनले सुरक्षित गन्तव्यका लागि गति, चालकको क्षमता र नियमको पालना तीनै पक्ष महत्वपूर्ण रहेकोमा जोड दिए।
लोकप्रिय खबर
लोड हुँदैछ...



