आफूविरुद्ध संगठित अफवाह फैलाएर बदनाम गर्न खोजिएको अर्थमन्त्रीको आरोप

काठमाडौँ , जेठ २७ - अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा मन्त्री वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्न खोजिएको आरोप लगाएका हुन् । बजेटमाथि छलफल गर्नुपर्ने संसद्मा गतिरोध सिर्जना गरेर आफूलाई निसाना बनाइएको उनको गुनासो छ । अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा गरिएका संशोधनहरू कुनै बदनियतले नभई प्राविधिक त्रुटी सच्याउन र जनहितका लागि गरिएको स्पष्ट पारेका छन् ।
संसदमा प्रस्तुत आर्थिक विधेयकमा सामान्यतया संशोधन गर्ने परम्परा नभए पनि आवश्यकता र औचित्यका आधारमा महत्वपूर्ण विषयहरू सच्याउन सकिने उनको तर्क छ । विद्युतीय सवारी साधनको हकमा ५० लाख रुपैयाँ मुनिका गाडीको मूल्य नबढोस् भन्ने सरकारको स्पष्ट नीति रहेको उनको भनाइ छ । अर्थमन्त्री डा. वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको पनि जिकिर गरेका छन् ।
मन्त्री डा. वाग्लेले सार्वजनिक हितका लागि ऐनले दिएको अधिकार प्रयोग गरेर सरकारले मन्त्रिपरिषद्मार्फत निर्णयहरू गर्न सक्ने प्रस्ट पारेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



