Global TV Logo
लोड हुँदैछ...

झाँक्रीको आरोप : जबरा पक्राउ प्रकरणले सरकार फाँसीवादतर्फ उन्मुख भएको देखायो

S
Sristi Thakuri
२०२६-१०-०१, ०९:१२ AM
होमपेज/राजनीति
झाँक्रीको आरोप : जबरा पक्राउ प्रकरणले सरकार फाँसीवादतर्फ उन्मुख भएको देखायो

काठमाडौँ , असोज १५ - नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको गिरफ्तारीले फाँसीवादतर्फ उन्मुख भएको देखिएको आरोप लगाएकी छन् । 

राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले सरकारले पूर्वप्रधानन्यायधीश पक्राउ गर्नुको कारण र जवाफ दिन नसकेर सरकारलाई लाज छोप्न समेत गाह्रो भइरहेको टिप्पणी गरेकी हुन् । कार्यकारी प्रमुखमा हुने शक्तिको दुरुपयोग गरी न्यायपालिकार र व्यवस्थापिकामाथि अप्रत्यक्ष प्रहार भइरहेकोप्रति पनि उनको आपत्ति थियो ।

जबरा पक्राउ प्रकरणमा सरकारलाई कठघरामा उभ्याएर जवाफ माग्नुपर्नेमा पनि सांसद झाँक्रीको जोड थियो । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
झाँक्रीको आरोप : जबरा पक्राउ प्रकरणले सरकार फाँसीवादतर्फ उन्मुख भएको देखायो | Global TV Khabar