संसद गतिरोधबीच विपक्षीको कडा अडान, प्रधानमन्त्रीसँग माफीको माग
S
Sristi Thakuri२०२६-०६-०९, १२:४६ PM

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह को पछिल्लो अभिव्यक्तिलाई राष्ट्रहितविपरीत भन्दै तत्काल फिर्ता लिन र सार्वजनिक माफी माग्न माग गरेका छन्।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलहरू सहभागी भएका थिए।
बैठकपछि नेताहरूले प्रधानमन्त्रीले संसदमा “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसले राष्ट्रिय स्वाभिमानमा आँच पुगेको दाबी गरे। उनीहरूले उक्त भनाइ फिर्ता लिनुका साथै संसदको अभिलेखबाट हटाउनुपर्ने अडान राखेका छन्।
विपक्षी दलहरूले सदनको गतिरोध अन्त्यका लागि सरकार जिम्मेवार बन्नुपर्ने बताउँदै संवादका लागि भने आफूहरू खुला रहेको स्पष्ट पारेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



