Global TV Logo
लोड हुँदैछ...

विवादकाबीच नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

B
Binita Thapa
२०२६-०८-०९, ०४:०० AM
होमपेज/विशेष समाचार
विवादकाबीच नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै

साउन २४ - नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो ।

सभापति गगन थापाले थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने बताएका छन् । उनका अनुसार बैठक केही दिनसम्म जारी रहने छ । संस्थापन इतर समूहले २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो । भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरू बताउँदै आएका थिए ।

तर, सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको छ ।

प्रधानन्यायाधीश डा। मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको थियो ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार पदाधिकारी बैठक बसेको थियो । कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने प्रचलन छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com