रसुवाका बाढीपीडितका लागि भारतबाट थप ३७.५ टन राहत सामग्री
S
Sristi Thakuri२०२६-०८-२७, ०६:२४ AM

काठमाडौं , भदौ ११ - भारतले रसुवाको भोटेकोशी बाढीपीडितका लागि थप ३७.५ टन राहत सामग्री नेपाल पठाएको छ। भारतीय विदेशमन्त्री डा. एस जयशङ्करका अनुसार औषधि, खाद्यान्न तथा अन्य मानवीय सहायता बोकेको दोस्रो विमान काठमाडौंका लागि उडिसकेको छ।
यसअघि भारतले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको थियो। भारतले विपद्को घडीमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



