प्रधानमन्त्रीलाई इतिहास अध्ययन गर्न अर्जुननरसिंह केसीको सुझाव
S
Sristi Thakuri२०२६-०६-०९, १०:४६ AM

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साहलाई इतिहासको गम्भीर अध्ययन गरेर मात्रै सार्वजनिक टिप्पणी गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देशका अधिकांश समस्या पछिल्ला ३५ वर्षयताका भएको उल्लेख गरेपछि केसीले त्यसप्रति आपत्ति जनाएका हुन् ।
मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे उठेका प्रश्नको जवाफ अरू नेतामार्फत दिन नमिल्ने बताए । उनले प्रधानमन्त्री स्वयंले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने र आवश्यक परे अभिव्यक्ति सच्याउनुपर्ने धारणा राखे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



