Global TV Logo
लोड हुँदैछ...

भदौ २३–२४ प्रदर्शन प्रकरणमा अध्ययन समितिलाई ४५ दिन थप

S
Sristi Thakuri
२०२६-०६-०२, ०७:५२ AM
होमपेज/राजनीति
भदौ २३–२४ प्रदर्शन प्रकरणमा अध्ययन समितिलाई ४५ दिन थप

सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने समितिको समयावधि थप गर्ने निर्णय गरेको छ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै उक्त निर्णय गरेको हो। शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार, २०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थपिएको हो।सरकारले सुरक्षा संयन्त्रसँग सम्बन्धित सिफारिसहरू अध्ययन गरी आवश्यक सुझाव दिन बनाइएको सो समितिलाई थप ४५ दिनको समय दिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com