न्यायको माग गर्दै बारको प्रदर्शन : सर्वोच्च प्रशासनको निर्णयविरुद्ध लालटिन बालेर विरोध

न्यायको खोजीमा भन्दै नेपाल बार एसोसिएसनले लालटिन बालेर प्रदर्शन गरेको छ। मंगलबार बार एसोसिएसनले आफ्नै कार्यालय अगाडि प्रदर्शन गरेको हो। बारले सर्वोच्च अदालत प्रशासनको निर्णयप्रति विरोध जनाउँदै प्रदर्शनमा उत्रिनु परेको जनाएको छ। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको निर्देशनमा सर्वोच्च अदालत प्रशासनले रिट दायर गर्न अस्वीकार गरेको थियो।कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश सिफारिस विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर सर्वोच्च प्रशासनले सो रिट दरपीठ गरेपछि उनीहरू इजलासमा पुगेका थिए।त्यसपछि कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले रिट दायर गर्न आदेश दिएको थियो।
तर इजलासको आदेशपछि पनि सर्वोच्च अदालत प्रशासनले प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्धको रिट दायर नगरेको बारले जनाएको छ। सोही विषयको विरोधमा नेपाल बार एसोसिएसनले मंगलबार लालटिन बालेर प्रदर्शन गरेको हो।
लोकप्रिय खबर
लोड हुँदैछ...



