Global TV Logo
लोड हुँदैछ...

परराष्ट्रमन्त्री खनाल र वाङ यीबीच द्विपक्षीय वार्ता, चीनद्वारा नेपाललाई पूर्ण सहयोगको प्रतिबद्धता

S
Sristi Thakuri
२०२६-०६-१६, ०४:५३ AM
होमपेज/विशेष समाचार
परराष्ट्रमन्त्री खनाल र वाङ यीबीच द्विपक्षीय वार्ता, चीनद्वारा नेपाललाई पूर्ण सहयोगको प्रतिबद्धता

काठमाडौँ, असार १ -चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । 

बेइजिङमा सोमबार साँझ भएको भेटवार्तामा खनाल र वाङबीच द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । दुई पक्षबीच सम्पर्क सञ्जाल ‘कनेक्टिभिटी’, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

चीनले आफ्नो सहयोगमा नेपालमा चलिरहेका कार्यक्रम र परियोजनाको शीघ्र कार्यान्वयनमा सहमति जनाएको छ । यस्तै,रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भएको छ । चीनले नेपाल सरकारले अघि सारेका सुशासन र आर्थिक वृद्धिका प्राथमिकतामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ । नेपाली टोलीले एक चीन नीति प्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहो¥याएको थियो ।

 यसैबीच, चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ । नेताद्वयबीच रास्वपा र सिपिसी सहकार्य तथा दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com