Global TV Logo
लोड हुँदैछ...

जापानको सहयोगमा बिपी राजमार्ग पुनर्निर्माण धमाधम

S
Sristi Thakuri
२०२६-०५-२८, ०८:२८ AM
होमपेज/समाचार
जापानको सहयोगमा बिपी राजमार्ग पुनर्निर्माण धमाधम

आठ महिनाअघि आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । जापान सरकारको सहयोग तथा नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुनर्निर्माण गर्ने काम अहिले धमाधम भइरहेको छ ।दुई दिनअघि पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल र नेपालका लागि जापानका राजदूत माएदा तोरुले संयुक्त रूपमा पुनर्निर्माण कार्यको शिलान्यास गरको थिए । त्यसपछि निर्माणको कामले थप गति लिएको हो ।गत वर्षको बाढीपहिरोले बिपी राजमार्गको करिब ३० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा काम अघि बढाइएको हो ।पुनर्निर्माणअन्तर्गत पिप्ले–बर्खेखोला खण्डको ३.२ किलोमिटर सडक जापान सरकारको २ अर्ब ८० करोड येन अनुदान सहयोगमा निर्माण हुने भएको छ । उक्त सडक निर्माणको जिम्मा सिमिजु कर्पोरेसनले पाएको छ ।त्यसैगरी, नेपाल सरकारको लगानीमा निर्माण हुने अन्य तीन खण्डका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरिसकेको छ । काभ्रेपलाञ्चोकतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का प्रक्रिया पूरा भई निर्माण कार्य तीव्र रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।पुनर्निर्माणपछि बिपी राजमार्गलाई दुई लेनमा विस्तार गरिनेछ । सडकमा रहेका पाँच वटा पुललाई पनि दुई लेनको बनाइने योजना रहेको छ । भविष्यमा बाढीपहिरोबाट पुनः क्षति हुन नदिन आरसिसी पर्खाल, प्लम पर्खाल निर्माण तथा सडक चौडा गर्ने कामलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ ।आयोजनाले आगामी वर्षभित्र कालोपत्रसहित सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । पुनर्निर्माणपछि बिपी राजमार्ग पहिलेभन्दा अझ सुरक्षित, व्यवस्थित र दीगो बन्ने अपेक्षा गरिएको छ ।यसैबीच, पूर्वाधार विकास सचिव सिग्देलले पुनर्निर्माण भइरहेको सडकखण्डको स्थलगत अनुगमन गगरका छन् । अनुगमनका क्रममा उनले निर्माण व्यवसायीलाई गुणस्तरीय र समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । वि.सं.२०५३ सालदेखि जापान सरकारकै सहयोगमा निर्माण सुरु गरिएको बिपी राजमार्ग २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com