Global TV Logo
लोड हुँदैछ...

ब्राजिल विजयी, हाइटी विश्वकपबाट बाहिरियो

B
Binita Thapa
२०२६-०६-२०, ०३:४५ AM
होमपेज/विशेष समाचार
ब्राजिल विजयी, हाइटी विश्वकपबाट बाहिरियो

काठमाडौं असार ६- फिफा विश्वकप फुटबलमा ब्राजिलले हाइटी लाई ३ गोलले हराएको छ । 

भिनिसियस जुनियरको एक गोल तथा एक असिस्ट र म्याथियस कुन्हाको दुई गोलको मद्दतमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणको सम्भावना बलियो बनाएको छ ।

फिलाडेल्फिया स्टेडियममा शुक्रबार भएको समूह ‘सी’ को खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलले सुरुदेखि नै दबाब बनाउँदै सहज जित निकालेको हो । यस हारसँगै सन् १९७४ पछि पहिलो पटक विश्वकपमा पुगेको हाइटी प्रतियोगिताको नकआउट चरणमा पुग्न नसक्ने पहिलो टोली बनेको छ ।

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले मोरक्कोविरुद्ध १–१ को बराबरीमा सकिएको पहिलो खेलमा बेन्चबाट उतारेका म्याथियस कुन्हालाई यसपटक सुरुआती रोजाइमा राखेका थिए । म्यानचेस्टर युनाइटेडका फरवार्ड कुन्हाले त्यस निर्णयलाई सही सावित गर्दै दुई गोल गरे ।

६८ हजार ३२४ दर्शक उपस्थित खेलमा ब्राजिलले अग्रता लिन केही समय कुर्नुपरेन । भिनिसियसको प्रहार हाइटीका गोलकिपर जोनी प्लासिदले रोके पनि रिबाउन्डमा पुगेका कुन्हाले बललाई जाली चुमाउँदै विश्वकपमा आफ्नो पहिलो गोल गरे ।

त्यसपछि भिनिसियसले दिएको उत्कृष्ट पासमा कुन्हाले शक्तिशाली प्रहार गर्दै पहिलो हाफमै ब्राजिललाई २–० को अग्रता दिलाए । ब्राजिलका अर्का स्टार राफिन्हाको सुरुआती गोल अफसाइडका कारण मान्यता नपाए पनि त्यसले टोलीको लय बिगार्न सकेन । यद्यपि उनी पहिलो हाफमै चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । हाइटीका समर्थकले आफ्नो राष्ट्रिय टोलीको परम्परागत नारासहित उत्साह देखाइरहेका थिए भने ब्राजिलका समर्थकले महान खेलाडी पेलेको सम्झना गर्दै टोलीलाई समर्थन गरेका थिए । खेलको ३२औँ मिनेटमा मोरक्कोविरुद्ध बराबरी गोल गरेका भिनिसियसले यसपटक पनि गोल गर्दै ब्राजिलको अग्रता ३–० पुर्‍याए । त्यसपछि ब्राजिलले सहज रूपमा खेल नियन्त्रणमा राख्दै जित सुनिश्चित गर्‍यो ।

सन् २००२ यता पहिलो विश्वकप उपाधिको खोजीमा रहेको ब्राजिलले अब समूह चरणको अन्तिम खेलमा बुधबार फ्लोरिडाको मियामी गार्डेन्समा स्कटल्यान्डको सामना गर्नेछ ।

उता, ब्राजिलका स्टार फरवार्ड नेयमार भने पिँडुलाको चोटका कारण लगातार दोस्रो खेल पनि गुमाएका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com