Global TV Logo
लोड हुँदैछ...

राप्रपामा एकताको आह्वान,तीन पूर्वअध्यक्षको संयुक्त विज्ञप्ति

S
Sristi Thakuri
२०२६-०६-२२, ०७:१४ AM
होमपेज/विशेष समाचार
राप्रपामा एकताको आह्वान,तीन पूर्वअध्यक्षको संयुक्त विज्ञप्ति

काठमाडौँ, असार ८ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीन जना पूर्वअध्यक्षहरुले पार्टी विग्रँदा मुकदर्शक बनेर नबस्ने चेतावनी दिएका छन् ।

राप्रपाका तीनजना पूर्वअध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकतामा जोड दिएका हुन् । राप्रपाको आउँदो महाधिवेशनले विश्वास जगाउने स्पष्ट वैचारिक मार्गदर्शन, सुदृढ संगठनात्मक दृष्टि र व्यवहारिक कार्ययोजना पेस गर्ने दाबी गर्दै उनीहरूले पार्टी छोडेकालाई फर्किन पनि आग्रह गरेका छन् ।

 पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गरेका छन् । शनिबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । तीनजना पूर्वअध्यक्षले महाधिवेशन गर्ने निर्णय स्वागतयोग्य रहेको पनि बताएका छन् । 

उनीहरुले केन्द्रीय समितिको बैठक भने बहिष्कार गरेका थिए । महामन्त्री धवलशमशेर राणाले पार्टी छोडेपछि अध्यक्ष राजेन्द्र लिङ्देनसँग तीन पूर्वअध्यक्ष थप आक्रोशित भएका थिए ।

 विज्ञप्तिमा पार्टी कमजोर बन्दै गएको र कार्यकर्तामा निराशा बढिरहेको अवस्थामा आफूहरू मूकदर्शक बनेर बस्न नसक्ने चेतावनी दिँदै उनीहरुले कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीति नगर्ने दाबी गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com