Global TV Logo
लोड हुँदैछ...

कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

S
Sristi Thakuri
२०२६-०९-१५, ०६:१२ AM
होमपेज/समाचार
कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

 काठमाडौं  , भदौ ३० - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकीका एक÷दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेको उल्लेख गर्दै आज कोशी, बागमती र गण्डकीका एक÷दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको हो । साथै,तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहीवारसम्म नै पानी पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गएरातिदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको संखुवासभा टाँसीगाउँमा थप पानी पर्ने सम्भावना छ । महाशाखाले टाँसीगाउँ आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह समेत गरेको छ । गएराति टाँसीगाउँमा सबैभन्दा धेरै १ सय १६ मिलिमिटर वर्षा मापन भएको थियो । आज राति पनि कोशीको पहाड र तराईका एक÷दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । ठूलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँका नदीतटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह | Global TV Khabar