भोटेकोशी बाढी प्रभावित तीन जिल्लामा आज वर्षाको सम्भावना, भारी वर्षाको जोखिम न्यून

काठमाडौं , भदौ १८ - जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित तीन जिल्लामा आज वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षा हुने भएपनि भारी वर्षाको सम्भावना न्यून रहेको जनाएको हो । आज दिउँसो प्रभावित जिल्लामा मध्यमसम्म वर्षा हुने र रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन मध्यमदेखि पश्चिमतर्फ बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना नरहेको महाशाखाको भनाइ छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



