कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको चौथो बैठकको समय परिवर्तन
B
Binita Thapa२०२६-०६-१०, ०५:०५ AM

काठमाडौँ , जेठ २७ - नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठकको समय परिवर्तन भएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विशेष कारणवश बैठकको समय परिवर्तन भएको बताएका छन् । उनका अनुसार अब बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । यसअघि प्रतिष्ठानले बिहान ११ बजे बैठक बस्ने गरी समय निर्धारण गरेको थियो ।
बैठकका लागि चार वटा एजेन्डाहरू तय गरिएको दुलालले जानकारी दिए ।
उनका अनुसार उपसमिति संयोजकहरुले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहितामाथि छलफल, थप उपसमितिको जिम्मेवारी निर्धारण र समसामयिक-विविध विषयमा छलफल हुने छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



