Global TV Logo
लोड हुँदैछ...

आज साँझ ६:१० बजे प्रधानन्यायाधीशको शपथ, आजै पदभार ग्रहण गर्ने

S
Sristi Thakuri
२०२६-०५-१९, ११:३२ AM
होमपेज/ट्रेन्डिङ
आज साँझ ६:१० बजे प्रधानन्यायाधीशको शपथ, आजै पदभार ग्रहण गर्ने

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माले आजै शपथ लिने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष साँझ ६:१० बजे शपथ ग्रहण गरेपछि उनले आजै प्रधानन्यायाधीशको पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई संसदीय सुनुवाइ समितिले आजै अनुमोदन गरेको थियो। सुनुवाइ प्रक्रिया एकैदिनमा सम्पन्न भएपछि शपथको समयसमेत आजकै लागि तय गरिएको हो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com