Global TV Logo
लोड हुँदैछ...

मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिँदै

S
Sristi Thakuri
२०२६-०८-२२, ०८:४३ AM
होमपेज/विशेष समाचार
मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिँदै

काठमाडौं , भदौ ६ - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ।

यसअघि भदौ ७ गते नै विश्वासको मत लिने तयारीसहित प्रदेशसभा सचिवालयमा पत्राचार गर्नुभएका मुख्यमन्त्री थापाले मिति संशोधन गर्दै भदौ ८ गतेका लागि प्रस्ताव गरेका थिए ।  मुख्यमन्त्रीको संशोधित पत्रअनुसार प्रदेशसभा सचिवालयले सोमबारको बैठकमा विश्वासको मत लिने प्रक्रिया अघि बढाउने भएको हो।

मुख्यमन्त्री थापाका अनुसार गृह जिल्ला जाने कार्यक्रम रहेकाले तथा अन्य राजनीतिक दलहरूको सुझावलाई समेत ध्यानमा राखेर विश्वासको मत लिने मिति एक दिन पछि सारिएको हो। आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मतसम्बन्धी आवश्यक प्रक्रिया टुंग्याइने र सोमबार प्रदेशसभा बैठकमा मत विभाजनसहितको प्रक्रिया अघि बढाइने उनले बताएका छन् ।  

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि भदौ ३ गते दाबी पेस गरेका  थापा भदौ ४ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएक थिए । उनले बिहीबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद्मा ६ जना मन्त्रीसमेत नियुक्त गगरेका थिए । 

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठन तथा बहुमत कायम गर्न कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री थापाले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा सरकार गठन गरेका हुन् ।

विश्वासको मत प्राप्त भएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी मुख्यमन्त्री थापाको छ। त्यसका लागि सोमबार हुने विश्वासको मतको परिणामलाई राजनीतिक रूपमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com