प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन उढ्यो चीन ड्रोन

भदौ२०- बाढीका कारण सडक तथा स्थलमार्गबाट पुग्न कठिन भएका प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन चीनले उपलब्ध गराएको ड्रोन प्रयोगमा ल्याइएको छ। राहत ढुवानीका लागि नेपाललाई प्राप्त चारवटा ड्रोनमध्ये त्रिशूली क्षेत्रमा परीक्षण तथा सञ्चालन सुरु गरिएको हो।
चीन सरकारले खाद्यान्नसहित आवश्यक राहत सामग्री बाढी प्रभावित क्षेत्रसम्म छिटो पुर्याउन नेपाललाई चारवटा ड्रोन उपलब्ध गराएको जनाएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनले अधिकतम १०० किलोग्रामसम्म भार बोक्न सक्छन् । यद्यपि नियमित उडानमा करिब ७५ देखि ८० किलोग्राम राहत सामग्री बोक्ने गरी प्रयोग गरिनेछ ।
परीक्षण सफल भएपछि ड्रोनलाई रसुवालगायत बाढीबाट प्रभावित तथा सडक सम्पर्क कठिन भएका क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ । यसबाट दुर्गम स्थानमा रहेका बाढीपीडितसम्म खाद्यान्न र अत्यावश्यक सामग्री छिटो पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



