ट्रम्पको पहलपछि इजरायल आक्रमण रोक्न तयार भएको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरान र इजरायलबीच जारी पछिल्लो तनाव कम गर्न सक्रिय भएका छन् ।
इरान र इजरायलबीच प्रत्यक्ष सैन्य मुठभेड चर्किएकै बेला राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच टेलिफोन वार्ता भएको हो । ह्वाइट हाउसले दुई नेताबीचको संवादको औपचारिक पुष्टि गरेको छ ।
राष्ट्रपति ट्रम्पले नेतन्याहुलाई फोन गरी इरान र इजरायलबीच भइरहेको पछिल्लो फायर एक्सचेन्जका विषयमा गम्भीर छलफल गरेका छन् । यद्यपि, वार्ताको पूर्ण विवरण र त्यहाँ भएका सम्झौताहरूका बारेमा ह्वाइट हाउसले थप आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । यसअघि इजरायलको प्रमुख सञ्चारमाध्यम च्यानल १२ ले एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै इजरायल इरानमाथिको आक्रमण रोक्न तयार भएको दाबी गरेको थियो ।
राष्ट्रपति ट्रम्पको प्रत्यक्ष अनुरोधपछि इजरायलले इरानमाथि थप सैन्य कारबाही अगाडि नबढाउने निर्णय लिएको बताइएको छ । गत आइतबार इरानले इजरायलमाथि मिसाइल वर्षा गरेपछि इजरायलले पनि इरानका रणनीतिक सैन्य र औद्योगिक क्षेत्रहरूमा हवाई हमला गरेको थियो । यसैबीच,राष्ट्रपति ट्रम्पले इरान र इजरायल तत्काल युद्धविराम गर्न इच्छुक रहेको दाबी गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



