Global TV Logo
लोड हुँदैछ...

कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा, बोर्डले सार्वजनिक गर्‍यो तालिका

S
Sristi Thakuri
२०२६-०६-२०, ०७:०० AM
होमपेज/विशेष समाचार
कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा, बोर्डले सार्वजनिक गर्‍यो तालिका

काठमाडौं असार ६- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ । 

बोर्डले सूचना प्रकाशित गरेर कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा दुई दिनमात्र सञ्चालन हुने जनाएको छ । जसअनुसार २ र ३ साउनमा पूरक परीक्षा हुने भएको छ । 

सार्वजनिक तालिकाअनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुन सुकै विषय भए पनि पहिलो दिन सहभागी हुनु पर्नेछ । अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूका लागि पहिलो दिनमात्र परीक्षा हुने बोर्डले जनाएको छ । तर, अनिवार्य अंगे्रजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलत हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्ने छ ।

 बोर्डका अनुसार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि दोस्रो दिन अर्थात ३ साउनमा परीक्षा हुने छ । परीक्षा बिहान ११ बजेदेखि सुरू हुने छ । परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । कक्षा १२ को मौका परीक्षामा सहभागी हुनका लागि १९ असारभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी आठ सयका दरले हुन आउने रकम बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com