निर्मला पन्त प्रकरणमा सुक्ष्म अनुसन्धान जारी : गृहमन्त्री
S
Sristi Thakuri२०२६-०६-१८, १२:४३ PM

काठमाडौँ, असार ३ - गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान अघि बढाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान अत्यन्त वेदनशील भएकाले केही प्रक्रिया गोप्य राखेर अघि बढाइएको स्पष्ट पारे ।
गृहमन्त्रीले दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै अनुसन्धान निष्कर्षमा पुर्याउन सबैको सहयोग आवश्यक रहेको बताए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



