Global TV Logo
लोड हुँदैछ...

नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, स्वास्थ्य सेवा ठप्प

S
Sristi Thakuri
२०२६-०७-२८, ०७:५१ AM
होमपेज/विशेष समाचार
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, स्वास्थ्य सेवा ठप्प

काठमाडौं , साउन १२ - वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको प्रशासनिक व्यवहारको विरोध गर्दै सामूहिक राजीनामा दिएका छन्। 

करिब ७० चिकित्सकमध्ये ४० जनाले राजीनामा बुझाइसकेका छन् भने बाँकीले पनि राजीनामा दिने तयारी गरेका छन्।चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गर्दै उनीहरू पदमा रहुञ्जेल काममा नफर्किने अडान लिएका छन्। हाल अस्पतालको आकस्मिक सेवा प्रभावित भएको छ।

यता नेपाल चिकित्सक संघले पनि चिकित्सकमाथिको आक्रमणको विरोधमा देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ।

 गत साउन ८ गते नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट तथा अस्पतालमा तोडफोड भएको घटनापछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com