Global TV Logo
लोड हुँदैछ...

मानव अधिकार संरक्षणमा आयोग सक्रिय हुनुपर्छ : मुख्यमन्त्री आचार्य

S
Sristi Thakuri
२०२६-०५-२७, ०५:३३ AM
होमपेज/समाचार
मानव अधिकार संरक्षणमा आयोग सक्रिय हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय मानव अधिकार आयोग सधैं सक्रिय र चनाखो हुनुपर्ने बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २६औं वार्षिकोत्सवका अवसरमा राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा उनले मानव अधिकार संरक्षणको वातावरण घरबाटै सुरु हुनुपर्नेमा जोड दि ए। मुख्यमन्त्री आचार्यले भदौ २३–२४ का घटनाबारे तयार गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोगले पहल गर्नुपर्ने बताए। फरक राजनीतिक विचारका कारण निजी तथा सरकारी सम्पत्तिमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राज्यलाई मानव अधिकारप्रति जिम्मेवार बनाउन आयोगको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।कार्यक्रममा सभामुख तुलाराम घर्तीमगरले सोच र दृष्टिकोणकै समस्याका कारण मानव अधिकार हननका घटना बढिरहेको बताए। आयोगले लुम्बिनी प्रदेशमा ५० उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको तथा विभिन्न अनुगमन र प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको जानकारी पनि दिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com