Global TV Logo
लोड हुँदैछ...

सभामुखमाथि कांग्रेसको आरोप : संसदीय मर्यादा उल्लंघन भएको दाबी

S
Sristi Thakuri
२०२६-०५-२१, ०७:५४ AM
होमपेज/राजनीति
सभामुखमाथि कांग्रेसको आरोप : संसदीय मर्यादा उल्लंघन भएको दाबी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्याल स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ । 

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सचेतक निष्कल राईले यस्तो आरोप लगाएका हुन । उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्षी दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरे । सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसदको मर्यादा एक इन्च पनि तलमाथि गर्न  नपाईनेतर्फ समेत ध्यानाकर्षण गराए । उनले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिंदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी मर्यादित भए ? भन्दै प्रश्न समेत गरे । सचेतक राईले सरकारले संसदीय मर्यादा विपरित काम गरिरहेको जिकिर पनि गरे ।।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com