रसुवाको बाढीप्रति कांग्रेस सभापति गगन थापाको चासो
S
Sristi Thakuri२०२६-०८-२६, ०५:५८ AM

काठमाडौं , भदौ १० - रसुवामा अप्रत्याशित रूपमा आएको ठूलो बाढीपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेकाछन् ।
सभापति थापाले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार र राहतमा केन्द्रित हुन तथा सबै तहका सरकारबीच प्रभावकारी समन्वय गर्न आग्रह गरेका छन् ।
उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लाका कांग्रेस नेता–कार्यकर्तालाई तटीय क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न तथा उद्धार र राहत कार्यमा तत्काल जुट्न अपिल गरेका हुन् ।
विपद् व्यवस्थापनमा सरकारका प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि सभापति थापाले व्यक्त गरेका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



