Global TV Logo
लोड हुँदैछ...

कांग्रेसको सदस्यता व्यवस्थापन अभियान तीव्र, असार २० सम्म अद्यावधिक र नवीकरण

S
Sristi Thakuri
२०२६-०६-२४, ०७:०४ AM
होमपेज/राजनीति
कांग्रेसको सदस्यता व्यवस्थापन अभियान तीव्र, असार २० सम्म अद्यावधिक र नवीकरण

काठमाडौं असार १० - नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ । कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ । 

त्यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४ औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने कांग्रेसले जनाएको छ । कांग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण र कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत सोही अवधिभित्र टुंग्याउने भएको छ । 

कार्यतालिकामा उल्लेख भएअनुसार अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने कांग्रेसले जनाएको छ । पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई  १५ औँ महाधिवेशनको तयारीको रुपमा हेरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com