Global TV Logo
लोड हुँदैछ...

सप्तरीमा कर्फ्यु कायमै, बिहान निश्चित समय बजार खुल्ने

B
Binita Thapa
२०२६-०८-०२, ०३:५२ AM
होमपेज/विशेष समाचार
सप्तरीमा कर्फ्यु कायमै,  बिहान निश्चित समय बजार खुल्ने

साउन १७ - सप्तरी जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ।

तोकिएको समयपछि कर्फ्यू पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ । यस्तै कार्यालयको अनुमती लिइ सद्वभाव र्‍याली गर्ने प्रयोजनको लागी कर्फ्यू आदेश केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजबिराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्यूको आदेश जारी गरिएको थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com