Global TV Logo
लोड हुँदैछ...

विद्युतीय सवारीको आयातमा गिरावट, इन्धन कारको माग बढ्दो

S
Sristi Thakuri
२०२६-०६-२३, ०६:४६ AM
होमपेज/विशेष समाचार
विद्युतीय सवारीको आयातमा गिरावट, इन्धन कारको माग बढ्दो

काठमाडौं असार ९ - यो वर्ष विद्युतीय सवारी साधन (इभी) को आयात घटेको छ ।

भन्सार विभागका अनुसार २०८२ साउनदेखि २०८३ जेठसम्म १५ हजार ४ सय ६६ युनिट कार, जिप र भ्यान आयात भएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १ हजार ७८६ युनिट कम हो । 

गत वर्ष ११ महिनामा १७ हजार २ सय ७२ युनिट कार आयात भएका थिए । पेट्रोल तथा डिजेल कारको आयात भने बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ४ हजार ५७४ युनिट इन्धन कार आयात भएका छन् । गतवर्ष सोही अवधिमा ३ हजार ७ सय ६१ युनिट आयात भएका थिए । 

यस वर्ष आयात भएका इन्धन कारमध्ये २ हजार ९६ युनिट अनएसेम्बल अवस्थामा भित्रिएका छन् । इभी कारको आयात भने घटेको छ । ११ महिनामा २५ अर्ब ६८ करोड रूपैयाँ बराबरका १० हजार ८ सय ९२ युनिट इभी कार आयात भएका छन् । यसबाट सरकारले १५ अर्ब ५३ करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com