बन्द सत्रमा ढिलाइ, रास्वपाको महाधिवेशन एक दिन लम्बिन सक्ने

काठमाडौँ, असार ८ - बन्द सत्र सुरु हुन ढिलाइ भइरहेकोले रास्वपाको महाधिवेशन लम्बिनसक्ने पार्टी प्रवक्ता मनिष झले बताएका छन् ।
विविध कारणले भइरहेको ढिलाई सँगै महाधिवेशन एकदिन लम्बिन सक्ने र त्यसमा आपूmहरु तयार रहेको झाको भनाई छ । विविध कारणले हुनसक्ने ढिलाईबारे यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि छलफल भएको उनले बताए ।
यद्यपि बन्द सत्र ढिलो हुँदा आफूहरू नआत्तिएको बरु यसलाई स्वाभाविक रुपमा लिएको प्रवक्ता झाले बताए । यस्ता सम्भावनाका कारण एकदिन लम्बिन सक्ने विषयमा चितवनमा सम्पन्न केन्द्रिय समिति बैठकमा पनि छलफल भइसकेकाले त्यसमा आफूहरू मानसिक रुपमा तयार रहेको प्रवक्ता झाले बताए ।
साथै, उनले महाधिवेशन प्रतिनिधिको संख्या बढेको जानकारी दिँदै आज बिहानसम्म करिब ४ हजार ३ सय प्रतिनिधि पुगेको अपडेट आफूले पाएको जानकारी दिए । यद्यपि मधेश प्रदेशका प्रतिनिधि केही छुटेको र सोही छुटेकालाई समावेश गर्नेगरी गृहकार्य भइरहेको उनको भनाई थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



