Global TV Logo
लोड हुँदैछ...

सुत्केरी अस्पतालबाहिरै बच्चा जन्माएको घटनामा छानबिनको माग

S
Sristi Thakuri
२०२६-०९-१०, ०९:३६ AM
होमपेज/विशेष समाचार
सुत्केरी अस्पतालबाहिरै बच्चा जन्माएको घटनामा छानबिनको माग

काठमाडौं  ,भदौ २५ - सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण उपचार नपाएर एक गर्भवती महिलाले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपरेको भनिएको घटनाप्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

राजविराज नगरपालिका–१४ की बबिता कुमारी पासवानले प्रसव पीडाका बेला अस्पताल पुगे पनि उपचार नपाएको र मध्यराति सडकमा बच्चा जन्माउन बाध्य भएको दाबी गरिएको छ।

रास्वपा सांसद अंकिता ठाकुरले आर्थिक अवस्था कमजोर भएकै कारण नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु गम्भीर विषय भएको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेकी छन् ।  दोषी देखिए कडा कारबाही गर्न र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अन्त्य गर्न पनि उनले सरकारसँग आग्रह  गरेकिछन् । 

सांसदहरूले नेपालको संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी अधिकार कार्यान्वयन गर्न तथा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com