Global TV Logo
लोड हुँदैछ...

अव्यावहारिक प्रावधान खारेज गर्न शैक्षिक परामर्श व्यवसायीको माग

S
Sristi Thakuri
२०२६-०७-१७, ०६:५९ AM
होमपेज/विशेष समाचार
अव्यावहारिक प्रावधान खारेज गर्न शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं, साउन १ – शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ ।

शुक्रवार काठमाडौंको पुतलीसडकमा भेला भइ उनीहरुले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३ का अव्यवहारिक प्रावधानहरुको विरुद्धमा प्लेकार्ड बोकर प्रदर्शन गरेका हुन् । 

उनीहरुले शिक्षा सबैको लागि, स्वदेशमा होस् वा विदेशमा, आजका अन्तर्राष्ट्रिय विद्यार्थी भोलिका नेपालको विश्वदूत, सरोकारवालासँग छलफल गर, त्यसपछि निर्देशिका लागू गर, स्वदेशी वा विदेशी शिक्षा रोज्ने स्वतन्त्रता हाम्रो, शिक्षामन्त्रीज्यु, शैक्षिक परामर्श नियमावली, २०८३ का त्रुटीहरु तत्काल सच्याइयोस्, राज्य सहयोगी बन, वाधक होइन, धरौटी होइन, नियमन चाहियो, शिक्षा क्षेत्रमा सहकार्य गर, एकतर्फी निर्णय नगर लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका गरेका थिए । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com