Global TV Logo
लोड हुँदैछ...

सीमा व्यवस्थापनका लागि संयुक्त प्राविधिक टोली परिचालन : मन्त्री खनाल

S
Sristi Thakuri
२०२६-०६-१२, ०५:१२ AM
होमपेज/विशेष समाचार
सीमा व्यवस्थापनका लागि संयुक्त प्राविधिक टोली परिचालन : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्शांकनको काम बाँकी रहेको बताएका छन । 

राष्ट्रिय सभाको बिहीवारको बैठकमा मन्त्री खनालले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिअनुसार स्थापित र निर्देशित रहेको उल्लेख गरे । मन्त्री खनालले मुलुकका अन्य केही स्थानमा दशगजा अतिक्रमण र सीमा पारबाट भएको कब्जासम्बन्धी समस्या रहेको पनि बताए । 

उनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा उठाएको सीमासम्बन्धी विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको स्पष्टिकरण दिए । उनले दुई देशबीचको सीमालाई व्यवस्थित र वैज्ञानिक रूपमा व्यवस्थापन गर्न नक्शांकन नभएका क्षेत्रमा सीमा स्तम्भ निर्माण तथा मर्मत, दशगजा अतिक्रमणको तथ्यांक संकलन र सीमा पारको अतिक्रमण अभिलेखीकरणको काम भइरहेको बताए । 

परराष्ट्रमन्त्री खनालले लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम पुनः सक्रिय भएको जानकारी दिँदै नेपाल र भारतका संयुक्त प्राविधिक टोलीहरू हाल सीमा क्षेत्रमा परिचालन भई संयुक्त रुपमा लगत संकलनको काम गरिरहेको जानकारी दिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com