Global TV Logo
लोड हुँदैछ...

देउवा नै कांग्रेसका वैधानिक सभापति : डा. शशांक कोइराला

S
Sristi Thakuri
२०२६-०८-१३, ०९:३० AM
होमपेज/विशेष समाचार
देउवा नै कांग्रेसका वैधानिक सभापति : डा. शशांक कोइराला

काठमाडौं , साउन २८ - नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले शेरबहादुर देउवा नै पार्टीका वैधानिक सभापति रहेको दाबी गरेका छन् । 

बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पिुगेका  कोइरालाले सभापतिको जिम्मेवारीमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको बताए । 

उनले पार्टीभित्रको आन्तरिक असन्तुष्टि संवादमार्फत समाधान गर्दै बाहिरिएका पक्षलाई पुनः मूलधारमा ल्याउनुपर्नेमा जोड दिए ।  कांग्रेसलाई एकढिक्का बनाउने प्रयास जारी रहने बताउँदै कोइरालाले ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुपर्ने धारणा राखे । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com