Global TV Logo
लोड हुँदैछ...

गगन थापा नेतृत्वको अधिवेशन बहिष्कार गर्न देउवा पक्षको आह्वान

B
Binita Thapa
२०२६-०८-२२, ०४:०२ AM
होमपेज/विशेष समाचार
गगन थापा नेतृत्वको अधिवेशन बहिष्कार गर्न देउवा पक्षको आह्वान

भदौ ६ - नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशनका लागि गरिररहेका अधिवेशनहरुमा सहभागी नहुन नेता कार्यकर्तालाई अपिल गरेको छ ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद चर्किरहेका बेला ‘विशेष महाधिवेशन’ पक्षबाट आयोजना हुने अधिवेशन तथा महाधिवेशनमा सहभागी नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

संस्थापन इतर पक्षका नेताहरूको छलफलपछि डा. कोइरालाले निकालेको विज्ञप्तिमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद विचाराधिन रहेको उल्लेख छ ।

सर्वोच्चमा मुद्दा विचाराधिन रहेको अवस्थामा महाधिवेशन अघि बढाए पार्टीका सबै तहमा संरचनागत विभाजन शुरु हुने चेतावनी पनि देउवा पक्षले दिएको छ । देउवा पक्षले अहिले कांग्रेसलाई सुदृढ, सबल र गतिशील बनाउन सांगठनिक तथा भावनात्मक एकता आवश्यक रहेको जनाएको छ । देउवा पक्षले विशेष महाधिवेशन पक्षले आयोजना गर्ने अधिवेशन तथा महाधिवेशनलाई ‘अवैधानिक र विभाजनकारी’ भन्दै त्यसमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई अपिल गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com