मानव–वन्यजन्तु द्वन्द्वसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न ढकालको माग

काठमाडौं , भदौ ८ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि विज्ञ टोलीले तयार पारेको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान माग गरेका छन ।
सोमवार आयोजित कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद ढकालले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यो समस्यालाई सरकारको उच्च प्राथमिकतामा राख्न आग्रह गरे । विज्ञ टोलीले बाँदर, बँदेल, हात्ती र नीलगाई लगायतका वन्यजन्तुबाट हुने क्षति र त्यसको समाधानका उपायबारे तयार पारेको विस्तृत प्रतिवेदनलाई ‘ऐतिहासिक’ संज्ञा दिँदै उनले यसको शीघ्र कार्यान्वयनमा जोड दिए । सांसद ढकालले प्रतिवेदनमा समेटिएको ‘हेरालो प्रणाली’ लाई प्रभावकारी बनाउन पूर्वप्रहरी वा पूर्व सैनिकहरूलाई परिचालन गर्न सुझाव दिए । उनकाअनुसार, पूर्वसुरक्षाकर्मीहरू पहिले नै तालिमप्राप्त हुने भएकाले उनीहरूलाई संगठित रूपमा जिम्मेवारी दिँदा कार्यसम्पादन प्रभावकारी हुनेछ । साथै, वन्यजन्तुको प्रतिकार गर्दा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरूका लागि आत्मरक्षाका सामग्रीको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।
सांसद ढकालले प्रतिवेदनलाई मन्त्रालयमा बुझाएर मात्र नरोकी प्रत्येक पालिका तहसम्म पु¥याउनुपर्ने र आवश्यक बजेटका लागि संसदका अन्य सदस्यहरूसहित आफूले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



