लिङ्देनको विज्ञप्ति ‘भ्रमपूर्ण’ भन्दै धवलशमशेरको प्रतिवाद
S
Sristi Thakuri२०२६-०६-०३, ११:०९ AM

राप्रपा छाडेर नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा रहेका डा. धवलशमशेर जबराले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको विज्ञप्तिलाई ‘भ्रमपूर्ण’ बताएका छन्।
बुधबार जारी विज्ञप्तिमा उनले राप्रपाको केन्द्रीय समितिले वैधानिक आधार गुमाइसकेको दाबी गर्दै अध्यक्ष लिङ्देनको आह्वानको प्रभावमा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
जबराले नेतृत्वले पटक–पटक दिइएका सुझाव कार्यान्वयन नगरेको आरोप लगाउँदै आफूलाई अधिवेशनको कार्यतालिका तयार पार्ने जिम्मेवारीबाट पन्छिएको भन्ने आरोप दुष्प्रचार मात्र भएको बताएका छन्।
नेतृत्वकै कार्यशैलीका कारण पार्टी वैचारिक र राजनीतिक रूपमा कमजोर बनेको उल्लेख गर्दै उनले राष्ट्रवादी शक्तिहरूबीच एकता गरी नयाँ राष्ट्रवादी शक्ति निर्माणमा जुट्न आह्वान गरेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



