कांग्रेसको अनुशासन समिति बैठक आज
B
Binita Thapa२०२६-०६-०३, ०३:११ AM

जेठ २० - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि बिहीबार बस्ने भएको छ ।
समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।
बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



