राप्रपाभित्र कलह उत्कर्षमा: कमल थापासँगको एकता भंग गर्ने तयारीमा लिङ्देन

काठमाडौं , भदौ १० - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ ।
बागमती प्रदेश सरकारमा सहभागिताको विषयलाई लिएर चुलिएको अन्तरसंघर्षकाबीच पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको पार्टी एकता भंग गर्ने तयारी गरेका हुन् । थापाले निरन्तर पार्टी हितविपरीत कार्य गरेको र नेतृत्वलाई सार्वजनिक रूपमै चुनौती दिँदै आएको निष्कर्ष निकाल्दै लिङ्देनले एकता भंग गर्ने तयारी गरेका छन् । यस्तो कदम चाल्न लागेका हुन् । केही दिनभित्रै बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर एकता भंगको निर्णय गराउने तयारी रहेको एक नेताले जानकारी दिएका छन् । बागमती प्रदेशमा पार्टीको निर्णय विपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने समूहलाई कमल थापाले साथ दिएपछि विवादले उग्र रूप लिएको छ । थापाले सामाजिक सञ्जालमार्फत लिङ्देनको कार्यशैलीलाई अधिनायकवादी भन्दै आलोचना गरिरहेका छन् । राप्रपाका आधा दर्जनभन्दा बढी प्रभावशाली नेताहरूले अब एकता अघि बढ्न सक्ने अवस्था नरहेको बताएका छन् । थापाको भूमिका सुरुदेखि नै विभाजनकारी रहेको र पछिल्लो समय उनका अभिव्यक्तिहरू अत्यन्तै गम्भीर र पार्टीको हितविपरीत रहेको संस्थापन पक्षका नेताहरुको टिप्पणी छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



