ग्लोबल आइएमई बैंकको गाडी कर्जामा छुट, तीन दिनमै कर्जा स्वीकृत हुने दाबी

काठमाडौं , साउन २८ - ग्लोवल आइएमई बैंक लिमिटेडले काठमाडौंमा जारी नाइमा अटो एक्स्पोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट दिइरहेको छ ।
नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्युनतम ० दशमलव ५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मञ्जिल विष्टले बताए । उनकाअनुसार बैंकको हालको आधारदरमा न्युनतम ब्याजदर ५ दशमलव २५ प्रतिशत कायम भइरहेको बताउँदै बैंकको आधारदरमा घटबढ भएअनुसार कर्जाको ब्याजदर समेत स्वतः समायोजना हुने बताए । उनले ग्राहकका लागि गाडी खरिद प्रक्रियालाई सहज बनाउन तथा आवश्यक सहयोग गर्नका लागि बैंकले नाइमा अटो एक्स्पोमै आफ्नो स्टल राखी प्रक्रिया अगाडि बढाइरहेको बताए । उक्त स्टलबाटै ग्राहकले कर्जाको आवेदन दिन मिल्ने तथा कर्जा प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । विष्टले उक्त अफरबारे देशका ७७ वटै जिल्लाका ३ सय ४१ वटै बैंकका शाखाबाट समेत सेवा दिइरहेको बताए । उनले ग्राहकले आफूले पाउने कर्जाको सीमाका आधारमा सबै कागजहरु तयार गरेर आवेदन दिएको तीन दिनमै कर्जा स्वीकृत हुने समेत बताए ।
गाडीको कुम्भ मेलाको रुपमा समेत चर्चित नाइमा मोबिलिटी एक्स्पो २०२६ मंगलवारदेखि जारी छ । एक्स्पोमा ५१ वटा स्टलमा ५५ भन्दा बढी ब्राण्ड सहभागी छन् भने ४० भन्दा बढी नयाँ मोडलका सवारीसाधन राखिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



