Global TV Logo
लोड हुँदैछ...

शिक्षा मन्त्रालयप्रति शैक्षिक परामर्श व्यवसायीको असन्तुष्टि

S
Sristi Thakuri
२०२६-०५-२७, १२:२९ PM
होमपेज/समाचार
शिक्षा मन्त्रालयप्रति शैक्षिक परामर्श व्यवसायीको असन्तुष्टि

नेपालका प्रमुख शैक्षिक परामर्श व्यवसायी संस्थाहरूले नयाँ शैक्षिक परामर्श संस्था दर्ता प्रक्रिया तत्काल खुला गर्न सरकारसँग माग गरेका छन्।स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल, राष्ट्रिय शैक्षिक परामर्श संघ, ऐरी नेपाल र नेपाल शैक्षिक परामर्श सेवा संघले बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै दर्ता तथा नवीकरण प्रक्रिया लामो समयदेखि रोकिँदा सयौं व्यवसायी अन्योलमा परेको बताएका हुन्।पत्रकार सम्मेलनमा ऐरी नेपालका महासचिव राजेन्द्र रिजालले शैक्षिक परामर्श क्षेत्र विश्वव्यापी शिक्षा, करियर विकास, भाषा अध्ययन र अन्तर्राष्ट्रिय शैक्षिक अवसरसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे। उनले यस क्षेत्रलाई व्यवस्थित बनाउने नाममा सरकारले दर्ता र नवीकरण प्रक्रिया नै ठप्प पारेको भन्दै असन्तुष्टि जनाए।रिजालले विद्यमान शैक्षिक परामर्श मापदण्डलाई सार्वजनिक सूचना जारी गरी तत्काल दर्ता प्रक्रिया खुला गर्नुपर्ने माग गरे। साथै परामर्श सेवालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी नियमनभित्र सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।उनले शिक्षा मन्त्रालयअन्तर्गतका केही कर्मचारीले अन्य निकायसँग समन्वय गरी परामर्श क्षेत्रलाई अन्योल र अविश्वासतर्फ धकेल्न खोजेको आरोपसमेत लगाए।व्यवसायीहरूले सरकारले ल्याउन लागेको शैक्षिक परामर्शसम्बन्धी नियमावलीमा सरोकारवालासँग पर्याप्त छलफल गर्नुपर्ने माग गर्दै कानुनसम्मत र मर्यादित रूपमा परामर्श क्षेत्र सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com