डा. शर्माले १ हजार गम्भीर बिरामीको निःशुल्क शल्यक्रिया गर्ने

काठमाडौं ,भदौ २६ - नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरेका छन ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले काठमाडौं मेडिकल कलेज (केएमसी) र दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गरे । उनले मेडिकल कलेजमा अध्ययन गर्न आउने आर्थिक रुपमा विपन्न विद्यार्थीको लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको समेत बताए ।
स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने उनले बताए । उनले पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न नेता कोइरालाले खेलेको भूमिकाबारे आउँदो पुस्तामाझ पु¥याउन आवश्यक रहेको पनि बताए । उनले पार्टीमा देखिएको विवाद समाधान गरी नागरिकका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



